गृहपृष्ठ उपत्यकामा ३ सहित कोरोनाबाट पछिल्लो २४ घन्टाभित्र देशभर १४ जनाको मृत्यु
उपत्यकामा ३ सहित कोरोनाबाट पछिल्लो २४ घन्टाभित्र देशभर १४ जनाको मृत्यु
फाइल तस्बिर ।
नेपालमा भदाै लागेयता कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दैनिक बढिरहेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसअघि शनिबार र शुक्रबार १२/१२ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । बिहीबार नौ तथा बुधबार ११ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे थियाे । मन्त्रालयकाे पछिल्लाे तथयांकअनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा २ सय २१ पुगेको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा ७२ वर्षीया महिला, सुनसरीमा ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष, बारामा ४७ वर्षीया महिला, महोत्तरीमा ६२ वर्षीया महिला, ७० र ३५ वर्षीय पुरुष, मोरङमा ६२ वर्षीय पुरुषकाे काेराेनाबाट ज्यान गएकाे छ । त्यसैगरी रौतहटमा ३० वर्षीय पुरुष, ललितपुरमा २९ वर्षीय पुरुष, भक्तपुरमा ६५ वर्षीय पुरुष, नवलपरासीमा ६२ वर्षीय पुरुष, रुपन्देहीमा ५७ र ६७ वर्षीय पुरुषकाे पनि गत २४ घण्टाभित्र काेराेना संक्रमण भएर मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै १ हजार २ सय २१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।संक्रमितमध्ये २० हजार ८ सय २२ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित समय २०:१४ बजे

















