गृहपृष्ठ लिदी पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुग्यो, अझै २ जना बेपत्ता
लिदी पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुग्यो, अझै २ जना बेपत्ता
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ । १७ वर्षीय सुवास पाख्रिनको शव मंगलबार भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पहिरोमा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा ३७ घर क्षतिग्रस्त भएका थिए भने ३९ जना बेपत्ता भएका थिए ।
प्रकाशित समय १२:२५ बजे

















