गृहपृष्ठ उपत्यकाको निषेधाज्ञा केही खुकुलो : के गर्न पाइन्छ, के पाइन्न ? (सूचीसहित)

उपत्यकाको निषेधाज्ञा केही खुकुलो : के गर्न पाइन्छ, के पाइन्न ? (सूचीसहित)

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । निषेधाज्ञाका केही प्रावधानमा खुकुलो पारिएको तर मानिसको आउजाउमा भने कडाई गरिने काठमाडौंका प्रजिअ जनकराज दाहालले बताए । उपत्यकामा अब भदौ २४ गते मध्यरातिसम्म निषेधाज्ञा जारी रहने छ ।

उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले बुधबार निषेधाज्ञा थप्ने निर्णय गरेको हो । उपत्यकाभित्र दोस्रोपटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदैछ । मंगलवार तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीको भर्चुअल मिटिङले विभिन्‍न विकल्पसहित सहमतिमा निषेधाज्ञाको मोडालिटी गृह मन्त्रालयमा पठाइएको थियो ।

उनका अनुसार अब होटल/रेस्टुराँमा टेक-अवे तथा होम डेलिभरीको सेवा सञ्चालन गर्न अनुमति दिइने भएको छ । यसका साथै दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न पनि दिइने समय पनि बिहान ११ बजेसम्म बनाइएको छ ।

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु