गृहपृष्ठ नेप्से परिसूचक सामान्य घट्दा चार कम्पनीको मूल्यमा ९ प्रतिशत वृद्धि

नेप्से परिसूचक सामान्य घट्दा चार कम्पनीको मूल्यमा ९ प्रतिशत वृद्धि

सेयर बजार परिसूचक नेप्से सामान्य घट्दा पनि बिहीबार चारवटा कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । उन्नति सहकार्य लघुवित्त, अरुण काबेली पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा अधिकले बढेको हो ।

बुधबारको तुलनामा कारोबार रकम घटेको छ । बिहीबार १८६ कम्पनीको ९३ लाख २ हजार ९७० कित्ता सेयर २ अर्ब ४३ करोड ४८ लाख रुपैयाँमा किनबेच भएको हो । यो रकम बुधबारको तुलनामा करिब १ अर्ब ७५ करोड कम हो । बुधबार ४ अर्ब १८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज बैंक, व्यापार, विकास बेंक, जलविद्युत, उत्पादनमूलक समूह घटेका छन् भने होटल, वित्त, निर्जीवन बिमा, अन्य, लघुवित्त, जीवन बिमा र म्युचुअल फन्ड समूह बढेका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ४१ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक ०.१५ अंकले घट्दा सेन्सेटिभ इन्डेक्स ०.१४ प्रतिशतले बढेको छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु