गृहपृष्ठ प्रदेश २ मा २५२ जना कोरोना संक्रमित थपिए

प्रदेश २ मा २५२ जना कोरोना संक्रमित थपिए

प्रदेश २ मा ५५ महिलासहित २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पर्सामा ६९, धनुषामा ६३, रौतहटमा ४६, सर्लाहीमा ३०, बारामा २५ र महोत्तरीमा १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार ८ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाबाट १ सय ८३ जना संक्रमित कोरोनामुक्त भइ घर फर्केको मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

बिहीबार कोरोना संक्रमणबाट सप्तरीको राजविराज नगरपालिका ७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु