गृहपृष्ठ कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ महिला र २ पुरूषको मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ महिला र २ पुरूषको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ५७ जना पुगेको छ । पछिल्लो २४ घन्टामा ६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चितवनमा ४० वर्षीया महिला, भक्तपुरमा ४० वर्षीया महिला, तनहुँमा ९२ वर्षीया महिला, रुपन्देहीमा ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुष तथा सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

संक्रमित हुनेको संख्या भने पछिल्लो २४ घन्टामा १ हजार २ सय २८ जना थप भएको छ । देशभर संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु