गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग
एनआईसी एशिया बैंकद्वारा प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७ बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका एक/एक गरी १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका निमित्त ब्रिज स्कुल सिस्टम नामक सफ्टवेयर सहयोग गरेको छ । सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले आफ्नो प्रयासबाट उक्त सफ्टवेयर प्रदान गरेको हो ।
विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फाराम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक बिदाहरू, विद्यार्थीको गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचनालगायतका सुविधा रहेको सफ्टवेयरबाट उक्त स्थानीय निकायका प्रगति मावि, वाकवाणी मावि, जगन्नाथ मावि, भगवती मावि, जनजागृति आवि, जनसेवा मावि, महाकवि देवकोटा नमुना मावि, अरनिको मावि, सार्वजनिक आवि, ज्योति मावि, रमवापुर मावि, धन्याञ्चल महायज्ञ मावि, विरेन्द्र आवि, नवदुर्गा आवि, जनता आवि, सोमनाथ आवि, सुनवल आवि, जनता मावि र जितेश्वरी माविमा अध्ययनरत करिब २५ हजार विद्यार्थी तथा अभिभावक लाभान्वित हुने कम्पनीले जनाएको छ ।
बैंकको मुलुकभर ३२६ शाखा कार्यालय, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउन्टर एवं ६४ वटा शाखारहित बैंकिङ इकाइ छन् । देशभर २२ लाखभन्दा बढी ग्राहक रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय १९:२१ बजे

















