गृहपृष्ठ जुम्लाका सीडीओलाई कोरोना संक्रमण
जुम्लाका सीडीओलाई कोरोना संक्रमण
जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।
‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुगमन गर्दा कोरोना पुष्टि भयो,’ उनले भने । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् ।
सीडीओ थापालाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए । (रासस)
प्रकाशित समय १९:५५ बजे

















