गृहपृष्ठ कर्णालीमा थप २० जनामा कोरोना संक्रमण
कर्णालीमा थप २० जनामा कोरोना संक्रमण
कर्णाली प्रदेशमा थप २० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन र अन्य प्रदेशका दुई जिल्लाका २० जनामा कोरोनाभाइरस पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटि–पिसिआर परीक्षणमा १६, दैलेख अस्पतालमा ३ र कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामध्ये १२ जना जुम्लाको चन्दनाथ नगरपालिका र तिला गाउँपालिकाका भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । सुर्खेतका दुई, बर्दियाका एक र दाङका एक जनामा कोरोना पुष्टि भएको महाशाखाको तथ्यांकमा छ । यससँगै प्रदेशभर हालसम्म संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ ।
चौबिस घण्टामा ३८ जना कोरोनामुक्त भएसँगै प्रदेशभर कोरोनामुक्त हुनेको संख्या २ हजार २३९ पुगेको छ । कोरोनाका सक्रिय बिरामी भने ३३७ जना छन् । हालसम्म कर्णाली प्रदेशमा ६ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय २१:१३ बजे
















