गृहपृष्ठ गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको ५ जिल्लाअन्तर्गत कास्की, बागलुङ, नवलपरासी, स्याङ्जा र लमजुङमा थप संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ४४७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशको क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा संक्रमितहरु थपिएका हुन् । संक्रमितमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी रहेका छन् ।
पोखरा महानगरपालिका १७ का २५ वर्षका पुरुष, १५ का २८ वर्षीय पुरुष,१४ का ४१ र ४४ वर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका २४ का ३१ वर्षीय पुरुषगरी ५ जना भारतबाट आएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । त्यस्तै पोखरा महानगरपालिका १६ का ५२ वर्षीय संक्रमित पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुनु लमजुङ जिल्ला बेशीँसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुमा संक्रमण पुष्टि भएको छ ।
अन्य सबै व्यक्तिहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान खुलेको हो । संक्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रकाशित समय १०:५९ बजे

















