गृहपृष्ठ गण्डकीमा थप ६९ जनामा कोरोना, संक्रमितको संख्या २५१३ पुग्यो

गण्डकीमा थप ६९ जनामा कोरोना, संक्रमितको संख्या २५१३ पुग्यो

गण्डकीमा प्रदेशमा आइतबार थप ६९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा शनिबार थपिएकासहित संक्रमितको संख्या दुई हजार ५१३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

शर्माका अनुसार पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्स) रहेका छन् । यसैगरी, लमजुङको बेँसीसहरका २ जना रिलायन्स फाइनान्समा कार्यरत कर्मचारी र अरु संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

त्यस्तै पोखरा महानगरपालिकामा २० जना, लमजुङमा २, बागलुङमा २, स्याङ्जामा २२, तनहुँमा ७, नवलपुरमा १३ र गोरखामा २ जना संक्रमित थपिएका छन् । संक्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको उनले बताए । गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ७७३ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित समय १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु