गृहपृष्ठ हुम्लामा पीसीआर रिपोर्टबिना प्रवेश निषेध
हुम्लामा पीसीआर रिपोर्टबिना प्रवेश निषेध
कोभिड १९ ग्रिन जोनमा रहेको हुम्लामा प्रवेश गर्न अनिवार्य पीसीआर रिपोर्ट चाहिने भएको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण र व्यवस्थापन जिल्ला समितिले हुम्ला प्रवेशमा अनिवार्य पीसीआर रिपोर्ट ल्याउनुपर्ने नियम बनाएको हो ।
त्यसका लागि सिमकोट विमानस्थलमा हेल्थ डेस्क राखिने भएको छ । यसले नेपालगन्ज, सुर्खेत र काठमाडौंबाट हवाई मार्ग भएर आउने यात्रुले पीसीआर गरे/नगरेको जाँच गर्नेछ । दक्षिणी नाका मुगु र बाजुराबाट हुम्ला प्रवेश गर्नेहरूलाई पनि कडा निगरानी र जाँच गरिने भएको छ ।
प्रकाशित समय ११:३९ बजे

















