गृहपृष्ठ सहकारीको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

सहकारीको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

काठमाडौं महानगरपालिका- २१, न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका- ३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका- २३, धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु