गृहपृष्ठ ‘नेपालमा एक दशकमा ४० लाख रोजगारी सिर्जना’
‘नेपालमा एक दशकमा ४० लाख रोजगारी सिर्जना’
नेपालमा पछिल्लो एक दशकको अवधिमा ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकले जनाएको छ । श्रमबजारमा विभिन्न प्रकारका अवरोधका बाबजुद एक दशकको अवधिमा नेपाली अर्थतन्त्रमा ४० लाख नयाँ रोजगारी सिर्जना भएको विश्व बैंकको ‘नेपाल जब्स डाइग्नोस्टिक रिपोर्ट’ले देखाएको हो ।
अध्ययनअनुसार रोजगारीको गुणस्तरमा पनि औसत वृद्धि भएको छ । तर, रोजगारीको निरन्तरता, राम्रो तलब, नियमित रोजगारीका अवसरका लागि भने थप पहल गर्न आवश्यक रहेको अध्ययनमा उल्लेख छ ।
अध्ययनमा अर्थतन्त्रसँगै रोजगारीमा परेको कोभिड १९ महामारीको प्रभावबारे उल्लेख गरिएको छैन तर महामारीपश्चात सुरक्षित र स्थिर रोजगारीको महत्वलाई भने प्रकाश पारिएको छ । नेपालको अर्थतन्त्र विस्तारै निर्वाहमुखी कृषि प्रणालीबाट आधुनिक औद्योगिक प्रणालीतर्फ रुपान्तरण हुँदै गएकाले रोजगारीका राम्रा अवसरहरू प्राप्त हुने प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित समय १९:१९ बजे

















