गृहपृष्ठ गण्डकीमा कोरोना संक्रमितको संख्या दुई हजार ९०३ पुग्यो

गण्डकीमा कोरोना संक्रमितको संख्या दुई हजार ९०३ पुग्यो

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पीसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा संक्रमित भएकामध्ये एक हजार ८४९ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या एक हजार ३० रहेको छ ।

कोरोना संक्रमणका कारण हालसम्म २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७५७ को पीसीआर परीक्षण गरिएकामा ६८२ को रिपोर्ट नेगेटिभ आएको छ भने ७५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् ।

प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्रमा पीसीआर परीक्षण भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । (रासस)

प्रकाशित समय ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु