गृहपृष्ठ आइतबार स्थिर रहेको सुनको मूल्यमा ४ सय रूपैयाँ वृद्धि
आइतबार स्थिर रहेको सुनको मूल्यमा ४ सय रूपैयाँ वृद्धि
नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँले कारोबार भइरहेको छ ।
प्रकाशित समय १२:१५ बजे

















