गृहपृष्ठ थप १,३२५ जनामा संक्रमण पुष्टि, ९६६ जना कोरोनामुक्त

थप १,३२५ जनामा संक्रमण पुष्टि, ९६६ जना कोरोनामुक्त

सक्रिय संक्रमितको संख्या १७ हजार ४७८

गएको २४ घण्टामा देशभर १ हजार ३ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै हालसम्म कुल संक्रमितको संख्या ६४ सय १२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जना ९ सय ६६ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ । हाल ७ हजार ४ सय ५१ जना क्वारेन्टाइनमा छन् ।

यसैबीच बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ११ पुगेको छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु