गृहपृष्ठ नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल
नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल
आइतबार पेरिसडाँडामा बसेको बैठक।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि सकिएको छ । बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे पनि छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।
बैठकमा सदस्यहरुले विभिन्न सुझाव दिएको तर पुनर्गठनको मापदण्ड भने बनिनसकेको उनले बताए । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो ।
प्रवक्ता श्रेष्ठका अनुसार नीतिगत हिसाबले मन्त्रिमण्डल कसरी पुनर्गठन गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको हो । यस विषयमा स्थायी कमिटीको निर्णय अनुसार गर्ने तय भएको छ । थप छलफलका लागि भोलि फेरि दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए ।
भोलिका बैठकका लागि आजको सचिवालयले चारवटा कार्यसूची तय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार संवैधानिक नियुक्ति, सांगठनिक र विविधअन्तर्गत विभिन्न विषयहरुमा छलफल हुने तय भएको हो ।
प्रकाशित समय १६:३१ बजे
















