गृहपृष्ठ नेकपा सचिवालय बैठक स्थगित
नेकपा सचिवालय बैठक स्थगित
आइतबार पेरिसडाँडामा बसेको बैठक।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साेमबार बस्ने भनिएको सचिवालय बैठक भोलि मंगलबार दिउँसो साढे १२ बजेका लागि सारिएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
महासचिव पौडेलका अनुसार नेताहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हो । मंगलबारको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उनले जानकारी दिए ।
पार्टी एकतापछि पहिलो पटक पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रस्ताव पेश भएको थियो ।
प्रकाशित समय १२:१७ बजे

















