गृहपृष्ठ पर्यटन प्रवर्द्धन गर्न हुम्लामा पहिलो पटक माउन्टेन फ्लाइट

पर्यटन प्रवर्द्धन गर्न हुम्लामा पहिलो पटक माउन्टेन फ्लाइट

लकाडाउनको लामो समयपछि हवाई सेवा सुरु भएपछि हुम्लाले पनि निरन्तरता पाउनुपर्ने भएको छ ।

कोरोनाको कहरले विदेशी पर्यटकहरू नआएपछि आन्तरिक पर्यटकबाट भए पनि केही लाभ लिनका हुम्लामा पहिलो पटक माउन्टेन फ्लाईट सुरु गरिएको पर्यटन व्यवसायी विजय लामाले बताए ।

हुम्लाको हिड्न ट्रेजर, वाइल्डलाइफ र नेचुचर फ्लोरा एण्ड फोनाको मनोरम दृश्यबाट आनन्द लिनका लागि हवाई सेवा सुरु गरिएको सुमीट एयर हुम्लाले जनाएको छ । मंगलबार सुमीट एयरको नाइनएन एकेजेड ट्वीनअटर विमानमा क्याप्टेन एडी शेर्पाको उडान टोली १४ जना यात्रु भरेको थियो ।

पछिल्लो समय हुम्लामा विभिन्न प्रकारका सांस्कृतिक, धार्मिक, प्राकृतिक र अन्य महत्व बोकेका स्थलहरुको दर्शन अवलोकनका लागि स्थानीय तथा कर्मचारी शिक्षकहरु लागि परेका छन् । खार्पुनाथ, भिमदुला, दुधेदह, लडेदह, चांला हिमा, लिमी, रानीसैन, चोखेचौर, रल्लिङ गुम्बा, पञ्चमुखी, याल्वाङ, यारी, हिल्छा, ह्याँसी, लाप्चा आदिमा सयौं हुम्ली आन्तरिक पर्यटक भएका जाने गरेका छन् ।

हुम्ली संस्कृति, रहनसहन, भेषभूषा अवलोकनका लागि बाहिरी जिल्लाबाट पर्यटकहरू आउने गरेको उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नामग्याल तामाङले बताए । मंगलबार दिउँसो १:४० बजे सुमीट एयरको नाइन एन एकेजेड ट्वीनअटर विमानले हुम्लाका प्रतिनिधि सभाका सांसद छक्कबहादुर लामा, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्ण रावल, सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, हुम्ला प्रहरी प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले हुम्लाका बिभिन्न दृष्यहरू अवलोकन गरेका थिए ।

त्यस्तै कांग्रेस सभापति जयपती रोकाया, राष्ट्रिय वाणिज्य बैक सिमकोट शाखाका प्रमुख सबिता शाही, पर्यटन व्यवसायी विजय लामा, निर्माण व्यवसायी जर्न रावत र सुमीट एयरका सिमकोट स्टेशन प्रमुख गोविन्द लामाले माउन्टेन फलाईटको माध्यमबाट पहिलो पटक खार्पुनाथ, भिमदुला, दुधेदह, लडेदह, चाङला हिमाल, चुवाखोला, रल्लिङ गुम्बा, पञ्चमुखि, रानीसैना, यालवाङ्ग गुम्बा, लिमि भ्याली, लाप्चाबाट मानसरोवर र कैलाशको दृष्यावलोकन गरेका थिए ।

हुम्लामा मौसमले साथ दिएमा नियमित माउन्टेन फ्लाइट सुरू हुने निजी एयरलाइन्स कम्पनीले जनाएका । ४० मिनेटको उडानले हुम्ला जिल्लाका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भएको उनीहरूको बुझाइ छ ।

प्रकाशित समय ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु