गृहपृष्ठ सक्रिय संक्रमित २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस

सक्रिय संक्रमित २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस

सक्रिय सक्रमितको संंख्या २५ हजारभन्दा बढी भएमा फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षमा विज्ञसहितको बैठकले २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएको अवस्थामा लकडाउन गर्न सुझाव दिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार नेपालको स्वास्थ्य संस्थाहरुले २५ हजारभन्दा बढी कोरोना संक्रमितको भार धान्न नसक्ने भएकाले त्यो अवस्थामा लकडाउन नै नियन्त्रणको विकल्प भएको निष्कर्ष निकालेको हो। गौतमका अनुसार बुधबार नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या १७ हजार चार सय १४ रहेको छ ।

बुधबार थप एक हजार एक सय ७२ जना संक्रमित भएका छन् । मन्त्रालयले संक्रमणदर तीव्र गतिमा बढिरहेकाले एक महिनासम्म धेरै मानिस जमघट हुने खालका कुनै पनि व्यवसाय वा कार्यक्रम नगर्न आग्रह गरेको छ ।

त्यस्तै स्वास्थ्यको विशेष बैठकले कोरोना नियन्त्रण तथा उपचारका लागि जहाँ जहाँ खर्च भएको छ त्यहीँबाट तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छ ।

प्रकाशित समय १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु