गृहपृष्ठ नेप्सेमा सुधार : १८४ कम्पनीका ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर खरिदबिक्री
नेप्सेमा सुधार : १८४ कम्पनीका ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर खरिदबिक्री
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.३७ अंकले उकालो लागेर एक हजार ५५५.५२ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भई ३०८.३४ मा पुगेको छ । कूल १८४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर एक अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै सेयर ओरालो लागेको छ । सो उपसमूहको सेयर २३.६४ ले ओरोला लाग्दा बैंकिङ १.८७, व्यापार ५.७२, विकास बैंक २२.८, जलविद्युत् ३३.७९, वित्त १२.०२, निर्जीवन बिमा ७४.७७, उत्पादन २३.२, अन्य ७.३६, लघुवित्त १०.२२, जीवन बिमा ९४.६८ र सामूहिक लगानी कोष ०.०३ ले वृद्धि भएको छ ।
कारोबारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १० करोड ८५ लाख ९८ हजार ४५ बराबरको कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड नौ करोड ५९ लाख ३९ हजार ७०३, नेपाल पुनर्बिमा कम्पनी आठ करोड ७३ लाख २३ हजार ७०१, अरुण भ्याली हाइड्रो पावर पाँच करोड ६० लाख ७१ हजार ५९, रिलायन्स लाइफ इन्स्योरेन्स चार करोड ४६ ६४ हजार १०६, कुमारी बैंक चार ६ लाख ६६ हजार ९४७ र नेपाल लाइफ इन्स्योरेन्स तीन करोड ९६ लाख ९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी ९.६७, माउण्टेन हाइड्रो ९.७१, यूनाइटेड मोदी ९.४५, यूनियन हाइड्रो पावर ९.३० र दिव्यश्वरी हाइड्रो पावरका लगानीकर्ताले ९.२१ प्रतिशतले कमाए । त्यस्तै, गोर्खाज फाइनान्स ३.५७, तारागाउँ रिजेन्सी होटल १.९९, लक्ष्मी इक्विटी फण्ड १.९७, लक्ष्मी उन्नती कोष १.७५ र एनआइसी एशिया ऋणपत्रका लगानीकर्ताले १.६७ प्रतिशतले गुमाए । (रासस)
प्रकाशित समय १९:२७ बजे

















