गृहपृष्ठ ७ जिल्लामा ५ सयभन्दा बढी संक्रमित, ७ जिल्ला कोरोनामुक्त
७ जिल्लामा ५ सयभन्दा बढी संक्रमित, ७ जिल्ला कोरोनामुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ७ जिल्लामा कोरोनाभाइरस संक्रमणका सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको छ । ती जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मोरङ, सिरहा र रुपन्देही हुन् । आज काठमाडौंमा ५०३ जना संक्रमित थपिएका छन् ।
त्यस्त हाल कोरोनामुक्त रहेका जिल्लाको संख्या पनि ७ नै रहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा अहिले संक्रमितको संख्या शुन्य रहेको छ ।
आज देशभर १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले जनाएको छ । आज १४ सय ५५ जना कोरोनामुक्त भएका छन् । हालसम्म देशभर ५१ हजार ८६६ जना कोरोना जितेर घर फर्किएका छन् ।
आज थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जसमा काठमाडौँमा १, मोरङमा २, सप्तरीमा १, ललितपुरमा १ र कपिलवस्तुमा १ छन् । योसँगै कुल मृत्यु हुनेको संख्या ४५९ रहेको छ ।
प्रकाशित समय १८:११ बजे

















