गृहपृष्ठ कोभिड महामारीका बीच विदेशमा रहेका नेपालीले एकै महिनामा पठाए ९२ अर्ब
कोभिड महामारीका बीच विदेशमा रहेका नेपालीले एकै महिनामा पठाए ९२ अर्ब
विश्वव्यापी कोभिड १९ महामारी र त्रासका बीच पनि वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने पैसा झनै बढेको छ । चालू आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्ष ०.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो । कोभिड १९ का कारण देशहरुबीचको यातायात सम्बन्ध बिच्छेद भएसँगै सबै खालका विदेश यात्रा ठप्प भएको छ ।
प्रकाशित समय १८:२९ बजे

















