गृहपृष्ठ चाडपर्व नजिकिँदा सुनको मूल्य बढ्ने क्रम सुरू
चाडपर्व नजिकिँदा सुनको मूल्य बढ्ने क्रम सुरू
नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम सुरू भएको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । महासंघका अनुसार यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय १२:३२ बजे

















