गृहपृष्ठ एक सातामै ८० अंक बढ्यो जलविद्युत समूह

एक सातामै ८० अंक बढ्यो जलविद्युत समूह

सेयर बजार परिसूचक नेप्से करिब स्थिर रहिरहँदा जलविद्युत समूह भने एक सातामै करिब ८० अंकले उकालो लागेको छ । गत साता मंगलबार १२१३ अंकमा रहेको जलविदयुत समूह बुधबार (आज) १२९२ अंकमा उक्लिएको हो ।

बुधबार समग्र बजार परिसूचक भने ३ अंकले घटेको छ । विकास बैंक, जलविद्युत, वित्त र म्युचुअल फन्ड उपसमूह बढे पनि बैंक, व्यापार, होटल, जीवन बिमा, उत्पादनमूलक, अन्य, निर्जीवन बिमा र लघुवित्त समूह घटेपछि समग्र बजार परिसूचक ३.१९ अंकले घटेर १५५०.४३ अंकमा झरेको छ ।

आज पनि जलविद्युत समूहमा उछाल आयो । १९० कम्पनीको कारोबार हुँदा ५० कम्पनी बढ्दा सर्वाधिक बढ्ने १० कम्पनीको सूचीमा ९ जलविद्युत कम्पनी छन् । जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत् कम्पनी, युनियन हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, दिव्येश्वरी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, बुधबार कामना सेवा विकास बैंकको सेयर मूल्य सर्वाधिक बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९ प्रतिशतले उकालो  लागेको छ ।

प्रकाशित समय १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु