गृहपृष्ठ प्रदेश राजधानी देउखुरीमा राख्ने निर्णयको बुटवलमा विरोध
प्रदेश राजधानी देउखुरीमा राख्ने निर्णयको बुटवलमा विरोध
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव पेश गरिएसँगै बुटवलमा विरोध प्रदर्शन सुरू भएको छ । प्रदेश ५ सरकारको प्रस्तावका विरोधमा नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको हो ।
उक्त प्रस्ताव संसदमा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले सडकमा टायर बालेर उत्रिएर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बुटवलमा कृषि मन्त्रालय योजना महाशाखाको लु. १ झ ४२१ नम्बरको गाडीसहित लु. १ झ ४२९, लु. १ झ ४४९ र लु. १ झ ४४५ नम्बरका गाडी तोडफोड गरिएको छ ।
नेपाली कांग्रेस रुपन्देहीका पार्टी सभापती अब्दुल रज्जाकद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णयप्रति कठोर आन्दोलन सुरु भएको जनाइएको छ ।
शुक्रबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति भएसँगै बसेको प्रदेशसभाको बैठकमा आन्तिरक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र नाम लुम्बिनीका लागि प्रस्ताव गरेका थिए ।
प्रकाशित समय १८:५९ बजे

















