गृहपृष्ठ नेकपा सचिवालय बैठक आइतबारका लागि सर्यो
नेकपा सचिवालय बैठक आइतबारका लागि सर्यो
फाइल तस्बिर ।
आज दिउँसो ४ बजेका लागि तय भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार मात्र बस्ने भएको छ । आइतबार अपरान्ह ४ बजे बैठक बस्ने जानकारी प्राप्त भएकाे एक सचिवालय सदस्यले जानकारी दिए ।
मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । यसअघि गत असोज ६ गते सचिवालय बैठक बसेको थियो । शुक्रबार अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तापछि शनिबार ४ बजे बैठक बस्ने तय भएको थियो ।
नेकपामा मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा नेताहरुबीच सहमति जुटसकेको छैन । प्रधानमन्त्री तथा अध्यक्ष ओली आंशिक पुनर्गठनको पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड पुरै मन्त्रीहरु परिवर्तन गर्नुपर्ने अडानमा छन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तीन राजदूत र मुख्यसचिव नियुक्ति गर्ने निर्णय गरेपछि नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।
प्रकाशित समय १२:३७ बजे

















