गृहपृष्ठ कोरोना संक्रमणबाट २८ वर्षीया युवतीको मृत्यु

कोरोना संक्रमणबाट २८ वर्षीया युवतीको मृत्यु

फाइल तस्बिर ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका- ४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनलाई असोज ८ गते संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । (रासस)

प्रकाशित समय १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु