गृहपृष्ठ सेन्ट्रल फाइनान्सको शाखा लालबन्दी र डकाहामा

सेन्ट्रल फाइनान्सको शाखा लालबन्दी र डकाहामा

सेन्ट्रल फाइनान्स लिमिटेडले सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसँगै सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा र आसपासका बासिन्दालाई बैंकिङ सेवामा सहज पहुँच पुग्नेछ ।

संस्थाको काठमाडौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान, सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा गरी १२ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुँच बढाउने उद्देश्यअनुरुप धनुषाको जनकपुरमा थप शाखा खोल्ने प्रक्रिया अन्तिम चरणमा रहेको फाइनान्सले जनाएको छ ।

ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको आफ्नै कर्पोरेट भवन निर्माणको अन्तिम चरणमा रहेको र छिट्टै आफ्नै भवनबाट वित्तीय कारोबार सञ्चालन गर्ने तयारी गरिरहेको छ । फाइनान्सको चुक्ता पुँजी ८२ करोड ३४ लाख, निक्षेप ४ अर्ब ८५ करोड ७३ लाख र कर्जा लगानी ३ अर्ब ५४ करोड ६१ लाख रहेको छ ।

बैंकिङ सेवामा एटीएम सेवा, एसएमएस बैंकिङ सेवा, ECC सेवा, IPS/Connect IPS सेवा, विभिन्न विप्रेषण (Remitance) सेवा तथा CASBA सेवा सञ्चालनमा रहेको तथा मोबाइल बैंकिङ सेवा छिट्टै सञ्चालन गरिने फाइनान्सले जानकारी दिएको छ । फाइनान्सले व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बिमासमेत गरेको छ ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु