गृहपृष्ठ २,१२० जना कोरोना संक्रमित थपिए, २,०४४ डिस्चार्ज

२,१२० जना कोरोना संक्रमित थपिए, २,०४४ डिस्चार्ज

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दिनहुँजसो बढिरहेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ९७८ जनामा पीसीआर परीक्षण गर्दा  २ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएकाे छ । अब नेपालका संक्रमितकाे कुल संख्या ८४ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हिजो शुक्रबार देशभर २ हजार ७ सय संक्रमित थपिएका थिए भने ३ हजार ३ सय जना कोरोनामुक्त भएका थिए । आज काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा १ हजार १७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् । संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेकाे मन्त्रालयले जनाएकाे छ । क्वारेन्टाइनमा रहनेकाे संख्या ४ हजार २ सय ७३ जना रहेकाे छ ।

मन्त्रालयका अनुसार गएकाे २४ घण्टाभित्र २ हजार ४४ जना काेराेनामुक्त भइ घर फर्किएका छन् । हालसम्म काेराेनामुक्त हुनेकाे कुल संख्या ६२ हजार ७४० रहेकाे छ ।

त्यसैगरी पछिल्लाे २४ घण्टाकाे अवधिभित्र नेपालमा थप ८ जनाकाे काेराेनाका कारण ज्यान गएकाे छ । यससँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५२८ पुगेकाे छ ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु