गृहपृष्ठ नेकपा सचिवालय बैठक स्थगित
नेकपा सचिवालय बैठक स्थगित
फाइल तस्बिर ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठकको मिति तोकिएको छैन ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको बताइएकाे छ ।
पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीभित्र असन्तुष्टि बढेपछि त्यसबरे छलफल गर्न आज दिउँसो ४ बजेका लागि बैठक बोलाइएको थियो ।
प्रकाशित समय १३:१९ बजे

















