गृहपृष्ठ यस्ता छन् सातामा विश्वभर खिचिएका १० शक्तिशाली तस्बिरहरू
यस्ता छन् सातामा विश्वभर खिचिएका १० शक्तिशाली तस्बिरहरू
यो सातामा विश्वभरका केही शक्तिशाली तस्बिरहरू भाइरल भएका छन् । अमेरिकी राष्ट्रपतीय चुनावदेखि गोल्डस्मिथ कलेज लन्डनमा गरिएको कलात्मक प्रस्तुतिलगायतका तस्बिरहरू तल प्रस्तुत गरिएको छ ।
१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक राष्ट्रपतीय उम्मेदवार जो बाइडनसँग क्लीभल्यान्ड ओहायोमा पहिलो राष्ट्रपतीय अभियान बहस गर्दै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प डेमोक्र्याटिक राष्ट्रपतीय उम्मेदवार जो बाइडनसँग क्लीभल्यान्ड ओहायोमा पहिलो राष्ट्रपतीय अभियान बहस गर्दै । दुवैले एकअर्काप्रति आक्रोशयुक्त आरोप प्रत्यारोप गरेका थिए । त्यसको केही दिनपछि ट्रम्प र प्रथम महिला मेलानिया कोरोनाभाइरस संक्रमित भएका छन् ।
२. ग्रेटवालको एउटा भागमा पुगेका पर्यटकहरूको निगरानी गर्दै चिनियाँ सिपाहीहरू

ग्रेटवालको एउटा भागमा पुगेका पर्यटकहरूको निगरानी गर्दै चिनियाँ सिपाहीहरू । चीनले अक्टोबर १ तारिखमा देश स्थापनाको ७१औँ वार्षिकोत्सब मनाएको छ ।
३. एउटा कलेज भ्रमणका बेला प्रधानमन्त्री बोरिस जोनसनलाई इट्टाको गाह्रो कसरी लगाइन्छ भन्ने देखाइँदै

एउटा क्याम्पस भ्रमणका बेला प्रधानमन्त्री बोरिस जोनसनलाई इट्टाको गाह्रो कसरी लगाइन्छ भन्ने देखाइँदै । भ्रमणका बेला जोनसनले कोभिड-१९ पछि अर्थतन्त्र उकास्न सहयोग पुर्याउने किसिमको ‘क्रान्तिकारी’ शिक्षा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।
४. लन्डनको पार्लियामेन्ट स्क्वायरमा लाइभ मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूको मौन प्रदर्शन

लन्डनको पार्लियामेन्ट स्क्वायरमा लाइभ मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूको मौन प्रदर्शन । प्रदर्शनकारीहरूले महामारीका समयमा जागिरका लागि सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् ।
५. इन्डोनेशियामा नर्तकीहरू अनुहार छोपेर अभ्यास गर्दै ।

६. बुर्किना फासोमा स्कूल खोल्ने पर्खाइमा ।

स्कूल खोल्ने पहिलो दिनमा ढोका खोलिने पर्खाइमा रहेका मास्क लगाएका बुर्किना फासोका विद्यार्थीहरू ।
७. टुरिन इटलीमा बनाइएको क्रमश: जैविक रूपमा कुहिँदै जाने कला प्रस्तुति

टुरिन इटलीमा बनाइएको क्रमश: जैविक रूपमा कुहिँदै जाने कला प्रस्तुति । ‘बियोन्ड वाल्स’ शीर्षकको उनको यो परियोजनामा एक हातले अर्को हात समाइरहेका थुप्रै तस्बिरहरू बनाइएका छन् ।
८. रुसको सेन्ट पीटर्सबर्गस्थित नहरमा विश्व पर्यटन दिवस मनाउने सिलसिलाको एक कार्यक्रम ।

९. कोरोनाभाइरस सम्बन्धी प्रतिबन्ध हटाइएपछि कपाल रौँ छाँट्ने मौका पाएका यी दुई कुकुरहरू

१०. गोल्डस्मिथ कलेज लन्डनमा गरिएको कलात्मक प्रस्तुतिमा गाजरमाथि बसेर तस्बिर खिचाउँदै एक विद्यार्थी

गोल्डस्मिथ कलेज लन्डनमा गरिएको कलात्मक प्रस्तुतिमा गाजरमाथि बसेर तस्बिर खिचाउँदै एक विद्यार्थी । पछि जनावरलाई खुवाउन ठिक्क पारिएको उक्त गाजरको थुप्रो २९ टन वजनको थियो । (बीबीसीबाट)
प्रकाशित समय १७:१३ बजे

















