गृहपृष्ठ जापान र चीनभन्दा नेपालमा बढी कोरोना संक्रमित

जापान र चीनभन्दा नेपालमा बढी कोरोना संक्रमित

कोरोना संक्रमणमा नेपाल अहिले जापान र चीनलाई पछि पार्दै अघि बढिसकेको छ । हरेक दिन कोरोनाका बिरामीहरु बढ्दै गएपछि नेपालले जापान र चीनलाई पनि उछिनेको हो ।

चीनको वुहानबाट विश्वभर फैलिएको भाइरसले पछिल्ला दिनहरुमा एसियाका देशहरुमा संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटरको तथ्यांक हेर्दा नेपाल अहिले ४४ नम्बरमा पुगेको छ । वितेका २४ घण्टामा मात्रै दुई हजार २५३ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

कोरोनाबाट नेपालमा ५३५ जनाको ज्यान गएको छ । त्यस्तै ६४ हजार ६९ जना भने निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ छ ।

जापानमा ८५ हजार ३३९ कोरोना संक्रमित छन् भने त्यहाँ एक हजार ५९७ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा पहिले कोरोना भाइरस फैलिएको चीनमा ८५ हजार ४७० जना संक्रमित छन् । चीनमा ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ६२८ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित समय १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु