गृहपृष्ठ सानिमा बैंकको ‘दशैं धमाका योजना’ सार्वजनिक
सानिमा बैंकको ‘दशैं धमाका योजना’ सार्वजनिक
नेपालीहरुको महान् चाड वडादशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने बैंकले जनाएको छ ।
सो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम् दुई हजा ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न जनाइएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सानिमा बैंकका प्रमुख निक्षेप व्यवस्थापन (रिटेल) टंकमणी बरालका अनुसार योजनाअवधिभर सहभागी हुने ग्राहकहरुलाई First come first serve को आधारमा छुट प्रदान गरिने छ । सो योजना दुई साताका लागि १९ असोजदेखि कात्र्तिक २ गतेसम्म लागू हुने उनले बताए ।
सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर, ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा login गर्न बैंकले अनुरोध गरेको छ ।
प्रकाशित समय १०:४८ बजे

















