गृहपृष्ठ अस्पतालबाट निस्किएर ट्रम्प जब समर्थक सामुन्ने पुगे
अस्पतालबाट निस्किएर ट्रम्प जब समर्थक सामुन्ने पुगे
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ को उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन् । आफूले ‘आश्चर्यजनक भ्रमण’ गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिए ।
महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताए । यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमबार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए ।
डा. सीन कोन्लीका अनुसार ट्रम्प संक्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो । (एजेन्सी)
प्रकाशित समय १७:०० बजे

















