गृहपृष्ठ कर्णालीमा राजनीतिक दोहोरी : शाह प्रमुख सचेतकबाट हटाइए, नेपाली नियुक्त

कर्णालीमा राजनीतिक दोहोरी : शाह प्रमुख सचेतकबाट हटाइए, नेपाली नियुक्त

आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णालीका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता महेन्द्रबहादुर शाही पनि काउन्टरमा उत्रिएका छन् । अविश्वासको प्रस्ताव प्रकरणले नेकपाको केन्द्रसम्मै हलचल सुरू भइसकेको अवस्थामा उनको पछिल्लो कदमले पार्टीभित्र थप द्वन्द्व चर्किने सम्भावना बढेको छ ।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई जिम्मेवारीबाट हटाएका छन् । प्रमुख सचेतकको भूमिकामा कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार जिम्मेवारीमुक्त गरिएको हो ।

शाह पूर्वएमालेका तर्फबाट सल्यानदेखि निर्वाचित भएका हुन् । उनको ठाउँमा पूर्वमाओवादीका तर्फबाट सुर्खेतदेखि निर्वाचित सांसद सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । यसअघि उनी संसदीय दलमा सचेतक थिइन् ।

दलको विधानको धारा ७ अनुसार शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट पदमुक्त गरेको मुख्यमन्त्री तथा संसदीय दलका नेता शाहीले प्रदेशसभा सचिवालय, नेकपाको कर्णाली प्रदेश कमिटी र केन्द्रीय कार्यालयमा जानकारी गराएका छन् ।

आइतबार नेकपाका १८ जना सांसदको हस्ताक्षरसहित दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । यसबारे छलफल गर्न मंगलबारका लागि बैठक डाकिएको छ ।

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु