गृहपृष्ठ मरुभूमिमा दुई हजार वर्ष पुरानो बिरालोको रेखाचित्र फेला
मरुभूमिमा दुई हजार वर्ष पुरानो बिरालोको रेखाचित्र फेला
विश्राम गर्न बसेको बिरालोको एउटा आकृति पेरूको नाज्का मरुभूमिमा फेला परेको छ । यूनेस्कोको विश्व सम्प्दा सूचीमा परेको नाज्का लाईन्समा भुइँमा झन्डै दुई शताब्दीअघि बनाइएका अनेकौँ रेखा र आकृतिहरू छन् ।
नाज्का मरुभूमिको भुइँमा खाल्डो खनेर रङ्गीन माटो बाहिरबाट देखिनेगरी विभिन्न जीवका आकृतिहरू बनाइएको वैज्ञानिकहरूको धारणा छ ।अहिले फेला परेको बिरालोको आकृतिमा पहिला कसैको दृष्टि परेको थिएन। दृश्यावलोकन गर्ने ठाउँसम्म जान एउटा नयाँ बाटो बनाउन योजना निर्माण गर्ने क्रममा उक्त आकृति फेला परेको हो ।
प्रस्तावित दृश्यावलोकन स्थलबाट पर्यटकहरूले भुइँमा बनाइएका त्यस्ता अनेकौँ आकृतिहरू देख्न सक्छन् । पेरूको संस्कृति मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ, ‘उक्त आकृति अलिअलि मात्र देखिन्थ्यो र मेटिने क्रममा थियो । किनभने त्यो र प्राकृतिक क्षयको जोखिम भएको भिरालो ठाउँमा छ ।’
मन्त्रालयका अनुसार उक्त ३९ मिटर लामो उक्त आकृतिलाई गत साता सफा पारेर संरक्षण गरिएको हो । नाज्का लाईन्स हेर्ने जिम्मेवारी पाएका पेरूका प्रमुख पुरातत्त्वविद् जोनी इस्लाले एफे समाचारसंस्थालाई बताएअनुसार बिरोलोको आकृति नाज्का संस्कृतिभन्दा पुरानो हो ।
नाज्का संस्कृतिमा अधिकांश आकृतिहरू सन् २०० देखि ७०० सम्म बनाइएको विश्वास गरिन्छ । अहिले फेला परेको बिरालोको आकृति इसापूर्व ५०० देखि सन् २०० को बीचमा पाराकास कालमा बनाइएको इस्लाको निष्कर्ष छ । उनका अनुसार कलाको शैली तुलना गरेर त्यो पत्ता लगाइएको हो । पाराकास कालमा कपडामा चरा, बिरालो, मानिस बनाइने गरेको र यी आकृतिहरूजस्तै हुने गरेको उनको भनाइ छ । (बीबीसीबाट)
प्रकाशित समय १३:३० बजे

















