गृहपृष्ठ तपाईं आफ्नै प्यारा इष्टमित्र !

तपाईं आफ्नै प्यारा इष्टमित्र !

दुःख नमान मेरा प्यारा साथीभाइ इष्टमित्र !
परदेशबाट बिमा किन गरू म नेपालभित्र ?

केही भनौँ भने तपाईं आफ्नै प्यारा इष्टमित्र
भन्छन् पैसा भनेपछि महादेवका पनि तीन नेत्र

च्याउझैँ उम्रे बिमा, छैन कुनै सीमा, कस्तो विचित्र
तपाईंको त भर छ, तर के थाहा त्यो कम्पनीको चरित्र ?

तिम्रो चित्त दुखाउने मेरो पनि धोको हैन
तर, परदेशमा पनि पैसा रुखमा फल्दैन

काम नगरी विदेशमा चुलो पनि बल्दैन
‘नचाहिने’ पैसा त हामीसँग पनि छैन

मान्दैन तपाईंको कम्पनी बुढापाकाको बिमा गर्न
बुढा बा–आमा छन् घरमा, बरु म छु तपाईंको भरमा

परदेशीको भर आफन्तको स्वदेश बसाई हो
हाम्रो वास्तविक बिमा बरु स्वयं तपाईं हो

दुःख नमान मेरा प्यारा साथीभाइ इष्टमित्र !
परदेशबाट बिमा किन गरू म नेपालभित्र ?

विष्णुप्रसाद जोशी

प्रकाशित समय १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु