गृहपृष्ठ बाबुराम भट्टराई जसपाको संघीय परिषद अध्यक्षमा चयन

बाबुराम भट्टराई जसपाको संघीय परिषद अध्यक्षमा चयन

जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराईलाई चयन गरेको छ । सोमबार र मंगलबार काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो ।

जसपामा कार्यकारी अधिकार कार्यकारिणी समितिमा रहने र संघीय परिषद् वृहत तर सेरेमोनियल संरचना हो । परिषदमा एक हजारभन्दा बढी सदस्य हुन्छन् । जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।

गत वैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी दलबीच एकीकरण भएर जसपा बन्दा अन्तिम समयमा भट्टराई पार्टीको चौथो वरियतामा पुगेका थिए ।

प्रकाशित समय १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु