गृहपृष्ठ काठमाडौं महानगरपालिकामा मात्रै २३ हजारभन्दा बढी संक्रमित

काठमाडौं महानगरपालिकामा मात्रै २३ हजारभन्दा बढी संक्रमित

कोटेश्वर

काठमाडौं महानगरपालिकामा मात्रै २३ हजारभन्दा बढी संक्रमितकाठमाडौं महानगरपालिकामा मात्रै २३ हजारभन्दा बढी संक्रमित

देशभर केही समययता कोरोना संक्रमितका बिरामी बढ्दै गइरहेका छन् । त्यसमा पनि सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा भेटिएका छन् ।

काठमाडौं महानगरपालिकामा कार्तिक ११ गतेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमित हुनेको कुल संख्या २३ हजार २७७ जना रहेको छ । जसमध्ये ८ हजार २४२ जना होमआइसोनमा रहेका छन् । त्यस्तै अस्पतालमा ५५८ जना, संस्थागत आइसोलेसनमा २६३ जना छन् ।

काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार कार्तिक ११ गतेसम्ममा जम्मा सक्रिय संक्रमितको संख्या ९ हजार ६३ जना रहेको छ । अहिलेसम्म १३२ जनाले ज्यान गुमाएका छन् भने १४ हजार ८२ जना निको भएर घर फर्किएका छन् ।

महानगरपालिकामा ११ गतेसम्म २२ हजार ६३७ पीसीआर गरिएकोमा ४ हजार ५७४ जनाको पोजिटिभ रिपोर्ट आएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका ३२ वडामध्ये सबैभन्दा बढी संक्रमित वडा १६ मा एक हजार ८२० जना संक्रमित देखिएका छन् । त्यसपछि वडा १५ मा एक हजार ६८६ जना संक्रमित छन् ।

हाल देशभर एक लाख ६२ हजार ३५४ जना संक्रमित पुगेको छ भने ८८७ जनाको मृत्यु भएको छ । कोरोनाबाट एक लाख २१ हजार ८२४ जनाको डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित समय १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु