गृहपृष्ठ नेप्से सामान्य घट्यो, ३ अर्बको कारोबार

नेप्से सामान्य घट्यो, ३ अर्बको कारोबार

सेयर बजार परिसूचक नेप्से बिहीबार सामान्य अंकले घटेको छ । व्यापार, जलविद्युत, निर्जीवन बिमा, अन्य, लघुवित्त र जीवन बिमा समूह बढे पनि बैंक, होटल, विकास बैंक, वित्त, उत्पादनमूलक र म्युचुअल फन्ड समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नेप्से १.७८ अंकले घटेर १६४५.६७ अंकमा झरेको हो ।

बिहीबार १९२ कम्पनीको एक करोड तीन लाख ६५ हजार ६०७ कित्ता सेयर तीन अर्ब ३७ करोड ६ लाख ९४ हजार ८४५ रूपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम बुधबारको भन्दा ३१ करोड १७ लाख रुपैयाँ बढी हो । बुधबार २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज शिवश्री हाइड्रोपावर र नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मिथिला लघुवित्त, दिव्येश्वरी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनीलगायत कम्पनीका लगानीकर्ताले पनि कमाएका छन् । साताको अन्तिम कारोबार हुने दिन आज सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा भने वाणिज्य बैंकहरू नै रहे । बुधबार पनि वाणिज्य बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो ।

समग्र बजार परिसूचक नेप्से घटे पनि ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२७ अंकले बढेको छ । बुधबार नेप्से ४१ अंकले बढेको थियो ।

प्रकाशित समय १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु