गृहपृष्ठ जाडो महिनामा छालालाई कसरी जोगाउने ?

जाडो महिनामा छालालाई कसरी जोगाउने ?

जाडो महिना सुरु हुन लागिसकेको छ । जाडो बढेसँगै छालामा विभिन्न समस्याहरु देखा पर्न थाल्छन् । जाडोमा छाला, ओठ फुट्ने, सुख्खा हुने जस्ता समस्या धेरैले भोग्नुपर्ने हुन्छ । तर, सावधानी अपनाउने हो भने यस्ता समस्याबाट छुटकारा हुन सकिन्छ ।

जाडोमा छालालाई चम्किलो, मुलायम बनाइराख्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ :

१. घरबाहिर निस्कदा आफ्नो छालालाई सुहाउने खालको सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ र राति सुत्नुभन्दा अगाडि सफा पानीले मुख धोएर मात्र सुत्नुपर्छ ।

२. घरबाहिर निस्कदा अनिवार्य मास्कका साथै स्कार्फ लगानुपर्छ । सनग्लास लगाउनाले आँखालाई पनि सुरक्षा गर्छ ।

३. प्रशस्त मात्रामा पानी, फलफूल खानुपर्छ ।

४. छालालाई सुहाउने लोसन शरीरका विभिन्न भागमा लगाइराख्नले छालालाई सुख्खा हुन दिँदैन ।

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु