गृहपृष्ठ अमेरिकी चुनाव २०२० : शताब्दीकै धेरै मतदान, नतिजा आउन सुरु
अमेरिकी चुनाव २०२० : शताब्दीकै धेरै मतदान, नतिजा आउन सुरु
शताब्दीकै धेरै मत खसेको ठानिएको अमेरिकी राष्ट्रपतीय चुनाव सकिएसँगै मतगणना सुरू भएको छ । बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।
प्राप्त प्रारम्भिक नतिजामा पनि उनीहरूबीच कडा प्रतिस्पर्धा देखा परेको छ । बीबीसीका उत्तर अमेरिका संवाददात पिटर बोउज भन्छन्, ‘चुनावी रातको पहिलो नतिजाबारे गरिएको अनुमान अनपेक्षित थिएन ।’ परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेको इन्डियानामा ट्रम्पले पुनः जितेका छन् जहाँ चार वर्षअघि उनले हिलरी क्लिन्टनलाई हराएका थिए ।’
फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सल्भेनिया तथा जोर्जामा दुई उम्मेदवारले एकअर्कालाई कडा टक्कर दिने अनुमान गरिएको छ । सन् १९९२ यता रिपब्लिकनको नियन्त्रण रहेको जोर्जा पहिलो पटक डेमोक्र्याटहरूको पोल्टामा पर्ने देखिएको छ ।
ट्रम्पले चुनावी नतिजालाई ह्वाइट हाउसबाट नियालिरहेका छन् भने बाइडनले आफ्नो निवासबाट हेरिरहेका छन् । उथलपुथलयुक्त वर्षको अन्त्यतिर राष्ट्रपतीय चुनाव भएको हो । (बीबीसीबाट)
प्रकाशित समय ०८:५७ बजे

















