गृहपृष्ठ सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्यमा ठूलो मात्रामा वृद्धि भए पनि चाँदीको मूल्यमा भने आज सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य ५ रुपैयाले घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:२६ बजे

















