गृहपृष्ठ राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान
राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान
त्रिभुवन विमानस्थलमा नेपाली टोली (तस्बिर : एन्फाको फेसबुक पेज)
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । बिहीबार बिहान ढाकाका लागि उडेका २५ खेलाडीसहित ३४ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीलाई बुधबार नै बिदाई गरेको थियो ।
ढाका जाने टिममा ८ नयाँ खेलाडीले माैका पाएका छन् । टिमका महत्वपूर्ण ७ सदस्यमा कोरोना संक्रमण देखिएपछि उनीहरू टोलीमा परेनन् । त्यस्तै रोहित चन्द चोटग्रस्त छन् । नेपालले कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग दुई खेल खेल्ने तय भएकाे छ । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा नेपाली टोलीकाे प्रशिक्षण बालगोपाल महर्जनले सम्हालेका छन् ।
विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसैकाे तयारीस्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेको हो । गत साफ च्याम्पियनसिपपछि बंगलादेशसँगकाे नेपालकाे यो भिडन्त पहिलाे हाे । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेकाे थियो ।

नेपाली टोली :
अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।
यसमध्ये एरिक विष्ट, विकास खवास, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ पहिलोपटक टोलीमा परेका हुन् ।
प्रकाशित समय १२:५२ बजे

















