गृहपृष्ठ स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कारबाही गर्न निर्देशन

स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कारबाही गर्न निर्देशन

Sanitizer_NewsKarobar प्रतिबिम्बात्मक तस्बिर

कोरोना संक्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

संक्रमित व्यक्ति घरमै बस्ने बहानामा गाउँघर डुल्ने र नेपाल सरकारले जारी गरेको स्वास्थ्य सावधानीका उपायसमेत अवलम्बन नगर्ने गरेको गुनासो बढेको भन्दै त्यस्ता व्यक्तिको हकमा कारवाही गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताए ।

समाजका प्रतिष्ठित व्यक्तिले समेत स्वास्थ्य सावधानीका उपाय अवलम्बन गरेको नपाइएको उनको भनाइ छ । समाजमा संक्रमण बढ्दो क्रममा रहेको अवस्थामा बढ्दो असावधानीले थप जोखिम बढाउने निष्कर्षसहित उक्त निर्णय कार्यान्वयनमा ल्याउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए ।

स्थानीयबासीलाई समेत संक्रमित व्यक्तिले हेलचेक्र्याइँ गरेको पाइए सो विषयमा जानकारी गराउन सुनसरी प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयमार्फत मातहतका सबै युनिटलाई उक्त निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन भनेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । (रासस)

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु