गृहपृष्ठ अमेरिकामा एकैदिन एक लाख २७ हजार जनामा कोरोना संक्रमण
अमेरिकामा एकैदिन एक लाख २७ हजार जनामा कोरोना संक्रमण
राष्ट्रपति निर्वाचनको नतिजाको व्यग्र प्रतीक्षा भइरहेको समयमा अमेरिकामा एकैदिन एक लाख २७ हजार जनामा कोरोना संक्रमण देखिएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कुल संक्रमितको संख्या एक करोड नजिक पुगेको छ ।
अमेरिकामा महामारी सुरु भएयता २ लाख ३६ हजार जनाले कोभिड-१९ का कारण ज्यान गुमाइसकेका छन् । संक्रमितको कुल संख्या र मृत्यु भएको संख्याअनुसार अमेरिका कोरोना भाइरस महामारीबाट सबभन्दा धेरै प्रभावित देश बनेको छ ।
मिडवेस्टर्न राज्यहरू नर्थ डेकोटा साउथ डेकोटा, आयोवा तथा विस्कन्सिनमा धेरै संक्रमण फैलिएको छ । टेक्सस राज्यमा मात्रै संक्रमितको संख्या १० लाख पुग्न लागेको छ । सबैभन्दा धरै संक्रमित भएको क्यालिफोर्नियालाई उसले उछिन्न लागेको तथ्यांकले देखाएको छ ।
प्रकाशित समय ११:१९ बजे

















