गृहपृष्ठ धनी र गरिब सबै बालबालिकालाई समानस्तरको शिक्षाको माग
धनी र गरिब सबै बालबालिकालाई समानस्तरको शिक्षाको माग
सांकेतिक तस्बिर ।
नेपाल बाल संगठनले बालबालिकालाई समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था गनुपर्ने माग गरेको छ । संगठनले यहाँ आज पत्रकार सम्मेलन गरी धनी र गरिब वा सबै बालबालिकालाई समान शिक्षा हुने नीति बनएर व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने सरकारसँग माग गरेको हो ।
संगठनले मानसिक तथा शारीरिक आपांगता भएका बालबालिकाका लागि उचित व्यवस्था गर्न सरकार तथा स्थानीय सरकारसँग आग्रहसमेत गरेको छ । संगठनले बालगृहको अवस्था पुनरावलोकन गरी अत्यावश्यक सुधारका साथै बालमैत्री अवधारणाको विकास र आमा, बाबु तथा अभिभावक भएका बालबालिकालाई उनीहरुकै घरमा पुनर्मिलन गराउने तथा व्यवस्था गर्न पहल गर्ने भएको छ ।
सम्मेलनमा अध्यक्ष विद्या उपाध्यायले संगठनले उमेर नाघेका तथा वयस्क भएका गृहमा संरक्षितको अन्यत्र उचित व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । संगठनले केन्द्रीय स्तरमा अन्र्तराष्ट्रियस्तरको सुविधासम्पन्न बालग्राम निर्माण गर्ने योजना अघि सारेको छ ।
प्रकाशित समय १८:४८ बजे

















