गृहपृष्ठ कर्णालीमा थप ३७ जनालाई कोरोना

कर्णालीमा थप ३७ जनालाई कोरोना

कर्णालीमा शनिबार थप ३७ जनामा कोरोनाभाइरस (कोभिड- १९)को संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्ला मुगु, जुम्ला, दैलेख र सुर्खेतमा संकलन गरिएको स्वाब परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी-पीसीआर परीक्षणमा २९, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार र जिल्ला अस्पताल दैलेखमा गरिएको पीसीआर परीक्षणमा चार जनामा कोरोनाभाइरस पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोनाभाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ६ हजार १ सय ७० पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

गत २४ घण्टामा प्रदेशभर ३२ जना संक्रमणमुक्त भएसँगै हालसम्म ५ हजार ५ सय २५ जनाले कोरोना जितेका छन् । प्रदेशभर कोरोना भाइरसका ५ सय १५ सक्रिय संक्रमित रहेको महाशाखाको तथ्यांक छ । हालसम्म कोरोनाका कारण प्रदेशभर १६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु